मोरङ । विराटनगर फुटबल क्लब माघे संक्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मोरङको नक्सलबारीमा बुधबार भएको दोस्रो सेमिफाइनलमा डागीहाट फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो ।
विराटनगरको जितमा शिशिर लेखीले १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा साइमान लिम्बुले गोल गर्दा विराटनगर २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा डागीहाटका बिक्रम धिमालले एक गोल फर्काएपछि विराटनगरले २-१ को जित निकाल्यो ।
अब विराटनगरले उपाधिका लागि सतिशाले युनियन केराबारीसँग प्रतिस्पर्धा गर्नेछ ।