एजेन्सी । फ्रेन्च क्लब निसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ ।
पछिल्लो समय क्लबले खराब प्रदर्शनलाई जारी राखेपछि निसले प्याट्रिकलाई बर्खास्त गरेको हो ।
फ्रान्सका पूर्व मिडफिल्डर समेत रहेका प्याट्रिक मुख्य प्रशिक्षक बनेको साढे दुई वर्षपछि बर्खास्तमा परेका हुन् ।
फ्रान्सका विश्वकप विजेता समेत रहेका प्याट्रिकको नेतृत्वमा निसले पछिल्लो पाँच खेलमा लगातार हार व्यहोरेको छ ।
यस्तै युरोपा लिगमा बायर लिभरकुसनसँग पराजित हुँदै निस समूह चरणबाट बाहिरिएको छ ।
निस फ्रेन्च लिग वानको ११ औं स्थानमा रहेको छ ।
फ्रान्सले सन् १९९८ मा विश्वकप जित्दा प्याट्रिक टिममा रहेका थिए ।
उनले क्लब फुटबलमा आर्सनल, म्यानचेस्टर सिटी,इन्टर मिलान र युभेन्ट्स लगायतका क्लबबाट खेलेका थिए ।
निसले प्याट्रिकको स्थानमा एड्रिन उर्सीलाई मुख्य प्रशिक्षक चयन गरेको छ ।