एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको चौंथो खेलमा आज (बिहीबार) राति विभिन्न २४ खेलहरु हुँदैछ ।
युरोपा लिगमा आज १२ समूहका २४ खेलहरु हुने छन् ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको पाँचौं खेलमा अष्ट्रियन क्लब रापिड विनसँग खेल्नेछ ।
समूह 'बी' मा रहेको आर्सनलले घरेलु मैदानमा रापिडसँग खेल्नेछ ।
आर्सनल लगातार पाँचौं जित निकाल्ने लक्ष्यमा हुनेछ ।
आर्सनल ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आर्सनल यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
अर्को इंग्लिस क्लब टोटेनहमले अष्ट्रियन क्लब एलएएसकेसँग उसैको घरेलु मैदानमा खेल्नेछ ।
समूह 'जे' को टोटेनहम चौंथो जितको खोजीमा हुनेछ ।
४ खेलमा ९ अंक जोडेको टोटेनहम समूहको दोस्रो स्थानमा रहेको छ ।
टोटेनहम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले उक्रेनी क्लब जोर्यासँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'जी' को लेष्टरले चौंथो जितको खोजीमा रहेको छ ।
लेष्टर ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लेष्टर नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
इटालियन क्लब एसी मिलानले सेल्टिकसँग घरेलु मैदानमा खेल्नेछ ।
समूह 'एच' को मिलान तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
मिलान ७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
अर्को इटालियन क्लब नापोलीले एजे अल्कामसँग खेल्नेछ ।
रोमाले योङ्ग ब्वाइजसँग घरेलु मैदानमा खेल्नेछ ।
त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडले रेजिकासँग खेल्दा ग्रानडाले पिएसभी र भिल्ला रियलले सिभासपोरसँग खेल्नेछ ।