एजेन्सी । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।
बुधबार भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता बार्सिलोनालाई ग्रिजम्यानले दिलाएका थिए । जोडी अल्बाको पासलाई सदुपयोग गर्दै ग्रिजम्यानले स्पेनिस महारथीलाई अघि बढाएका थिए ।

ब्रेथवेटले डेम्बेलेको पासलाई सदुपयोग गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको २८ औं मिनेटमा डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई ३–० को सहज अवस्थामा पुर्याएका थिए ।
डिबक्सभित्र ब्रेथवेटलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफको १४ मिनेटभित्र बार्सिलोनाले तीन गोल सम्भव गरेको थियो ।
बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ ।
प्रशिक्षक रोनाल्डो कोम्यानले गत आईतबार ओसासुनाविरुद्ध खेलाएका ५ खेलाडी परिवर्तन गरेका थिए । कोम्यानले मुख्य फरवार्ड लियोनल मेस्सीलाई हंगेरीको क्लबविरुद्ध आराम दिएका थिए । बार्सिलोना यसअघिनै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ ।
बार्सिलोना १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । हंगेरीको क्लबको मात्र एक अंक छ ।