एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले डायनामो किभलाई हराएको छ ।
बुधबार भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पुरा गरे । रोनाल्डोको गोलसंगै युभेन्ट्सले सहज जित निकाल्न सफल रह्यो । युभेन्ट्स यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
खेलमा अग्रता युभेन्ट्सले चिसाको गोलबाट २१ औं मिनेटमा लिएको थियो । अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । मोराटाले ६६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।
किभको समूह चरणमा मात्र एक अंक रह्यो । शीर्ष क्लब बार्सिलोनाको १५ अंक छ । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ ।
समूहको चरणको अन्तिम खेलमा अर्को हप्ता बार्सिलोना र युभेन्ट्स भिड्नेछन् । सोही नतिजाले समूह चरणको विजेता टोलीको टुङ्गो लगाउनेछ ।