एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेजको टाउकोको शल्यक्रिया गरिएको छ ।
उल्भ्सले सोमबार जेमिनेजको टाउकोको खप्परको शल्यक्रिया गरिएको जनाएको छ ।
प्रिमियर लिग अन्तर्गत आर्सनलविरुद्धको खेलमा जेमिनेजले टाउकोको चोट बोकेका थिए ।
जुन खेलमा उल्भ्सले २-१ को जित निकालेको थियो ।
कर्नर बलमा हेड गर्ने क्रममा उनी आर्सनलका डेभिड लुइजसँग जुध्न पुगेका थिए ।
उनी १५ औं मिनेटमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो ।
उल्भ्सले उनको लण्डनको एक अस्पतालमा शल्यक्रिया गरिएको जनाएको छ ।
मेक्सिकन फरवार्ड जेमिनेज खतरामुक्त रहेको समेत उल्भ्सले जनाएको छ ।