एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेको हो ।
चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।
खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् ।
खेलको १० औं मिनेटमा टिमो वेर्नेरले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि चेल्सीले अग्रता बनाउने मौका गुमाएको थियो ।
टोटेनहमले पनि केहि गोलको अवसर सदुपयोग गर्न सकेन ।
यस बराबरीसँगै टोटेनहम भने लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ ।
शीर्ष स्थानमा उक्लने मौका पुगाएको चेल्सी भने तेस्रो स्थानमा रहेको छ ।
चेल्सीले १० खेलमा १९ अंक जोडेको छ ।