एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन एलिसियो रोमाग्नोली र फ्रान्क केस्सीले एक एक गोल गरे ।
मिलानले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १७ औं मिनेटमा एलिसियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २७ औं मिनेटमा फ्रान्कले पेनाल्टीमा गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस्तै खेलको ४० औं मिनेटमा भने फ्रान्कले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार फियोरेन्टिनाका गोलकिपरले बचाउ गरेका थिए ।
जितसँगै मिलानले लिगमा शीर्ष स्थानको अग्रता ५ अंकको बनाएको छ ।
मिलानले ९ खेलमा २३ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले १८ अंक रहेको छ ।
फियोरेन्टिना ६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।