एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुलले एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा इटालियन क्लबसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
समूह 'डी' मा रहेको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ । लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ ।
घरेलु मैदानमा एटलान्टालाई हराएर लिभरपुल नकआउट चरणमा पुग्न चाहन्छ ।
यस अघिको भेटमा लिभरपुलले एटलान्टालाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।
कोरोना संक्रमणबाट मुक्त भएका स्ट्राइकर मोहमद सलाहले एटलान्टाविरुद्ध खेल्ने सम्भावना रहेको छ ।
यता, एटलान्टा भने अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
यस्तै एटलान्टा जित निकाल्दै अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
एटलान्टा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा आयाक्सले मिद्त्जील्यान्डसँग खेल्नेछ ।
आयाक्स ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मिद्त्जील्यान्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।