एजेन्सी । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।
न्युकासलको मैदानमा आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।
खेलको दशौँ मिनेटमा फेड्रिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६५ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको चेल्सीले ९ खेलमा १८ अंक जोडेको छ ।
न्युकासल ११ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।