एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज साविक विजेता युभेन्ट्सले काग्लियारीसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा काग्लियारीको सामना गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । युभेन्ट्स काग्लियारीलाई हराएर दोस्रो स्थानमा समेत उक्लन चाहन्छ ।
युभेन्ट्स १३ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ ।
काग्लियारी १० अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ ।
युभेन्ट्सलाई हराएर काग्लियारी समेत अंक तालिका सुधार गर्न चाहन्छ ।
सिरी ए अन्तर्गत नै अर्को खेलमा एटलान्टाले स्पेजियासँग खेल्नेछ ।
एटलान्टा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा लाजियोले क्रोटोनसँग खेल्नेछ ।