एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी बार्सिलोना र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।
'इन्टरनेसनल ब्रेक' पछि बार्सिलोना र एट्लेटिको पहिलो खेलमै भिड्न लागेका हुन् । एट्लेटिकोको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
यस सिजन उत्कृष्ट प्रदर्शन गर्न चुकिरहेको बार्सिलोना जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
बार्सिलोना ७ खेलमा ११ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।
एट्लेटिको भने ७ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
एट्लेटिको घरेलु मैदानमा बार्सिलोनालाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।
बार्सिलोनाविरुद्ध एट्लेटिकोका फरवार्ड लुइस स्वारेजले खेल्ने छैनन् । कोरोना संक्रमणपछि उनी आइसोलेसनमा बसेका छन् ।
यस्तै साविक विजेता रियल मड्रिडले भिल्ला रियलसँग खेल्नेछ ।
रियल भिल्लालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।
भिल्ला पनि रियललाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
भिल्ला १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
रियल १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा लेभान्टेले इल्चेसँग खेल्दा सेभियाले सेल्टा भिगोसँग खेल्नेछ ।