काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले ढाकामा दैनिक प्रशिक्षण गरिरहेको छ ।
ढाका पुगेको नेपाली टिम आइतबारबाट दैनिक प्रशिक्षणमा होमिएका हुन् ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण समेत हुने बताईएको छ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
तस्बिर - एन्फा