काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ ।
कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ ।
एन्फाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए ।
नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।