एजेन्सी । कोरोना भाईरसको महामारीको कारण फ्रान्समा नयाँ लकडाउन सुरु भएपनि फ्रेन्च लिग वान फुटबल भने स्थगित नहुने भएको छ ।
फ्रान्समा कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि सरकारले दोस्रो पटक लकडाउन घोषणा गरेको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोँले लकडाउन नोभेम्बर अन्तिमसम्म कायम रहने बताएका छन् ।
तर, लकडाउनको समय शीर्ष डिभिजनको लिग वान र लिग टु फुटबल भने बन्द रंगशालामा जारी रहने भएको छ ।
फ्रान्सका खेलकुद मन्त्री रोक्साना मारासिनेनुले नयाँ लकडाउनले फुटबल नरोकिने पुष्टि गरेका छन् ।
उनले लकडाउनसको समय पनि खेलाडीहरुले अभ्यास र खेललाई निरन्तरता दिन सक्ने बताएका छन् ।
कोरोनाकै कारण गत सिजनको लिग रद्द गरिएको थियो ।