एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा समर्थकलाई रंगशाला प्रवेशमा पुन: रोक लगाईएको छ ।
कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि जर्मन सरकारले समर्थकलाई रंगशालामा बसेर खेल हेर्न प्रतिबन्ध लगाएको हो ।
जर्मनीका चान्सलर एन्जेला मर्केलले नोभेम्बर २ बाट रंगशाला प्रवेशमा लगाईएको प्रतिबन्ध लागु हुने बताएकी छिन् ।
यस अघि सेप्टेम्बरको मध्येबाट सिमित समर्थकले रंगशालामा बसेर बुन्डेसलिगा हेर्न पाउने अनुमति पाएका थिए ।
कोरोनाको महामारीपछि बुन्डेसलिगा समर्थकसहित लिग गराउने पहिलो लिग बनेको थियो ।
यस्तै कोरोनाको महामारीपछि लिग सुरु गर्ने पहिलो लिग समेत बुन्डेसलिगा हो ।
जर्मन सरकारले कोरोना संक्रमित बढेपछि लकडाउन गर्ने तयारी समेत गरेको छ ।
लकडाउन भएपनि लिग भने बन्द रंगशालामा जारी रहने बताईएको छ ।