एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (बिहीबार) विभिन्न २४ खेलहरु हुँदैछ ।
युरोपा लिगमा बिहीबार विभिन्न १२ समूहका २४ खेलहरु हुने छन् ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको दोस्रो खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कसँग खेल्नेछ ।
समूह 'बी' मा रहेको आर्सनलले घरेलु मैदानमा डुनडल्कसँग खेल्नेछ । घरेलु मैदानमा आर्सनल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा आर्सनलले अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले हराएको थियो । डुनडल्क भने मोल्डेसँग २-१ ले पराजित भएको थियो ।
टोटेनहमले बेल्जियन क्लब रोयल एन्ट्वर्पसँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'जे' को टोटेनहमले पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३-० ले पराजित गरेको थियो ।
त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले ग्रिक क्लब एइके एथेन्ससँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'जी' को लेष्टरले पहिलो खेलमा युक्रेनी क्लब जोर्यालाई ३-० ले हराएको थियो ।
इटालियन क्लब एसी मिलानले स्पार्टा प्राग्वेसँग घरेलु मैदानमा खेल्नेछ ।
समूह 'एच' को मिलानले पहिलो खेलमा सेल्टिकलाई ३-१ ले हराएको थियो ।
अर्को इटालियन क्लब नापोलीले स्पेनिस क्लब रियल सोसिडाडसँग खेल्नेछ ।
समूह 'एफ' नापोली पहिलो खेलमा एजे अल्क्मारसँग १-० ले पराजित भएको थियो ।
सोसिडाडले भने रिजिकालाई १-० ले हराएको थियो ।
रोमाले सीएसकेए सोफियासँग खेल्नेछ ।
त्यस्तै स्पेनिस क्लब ग्रानडाले थिसलोनिकी एफसीसँग खेल्दा भिल्ला रियलले काराबागसँग खेल्नेछ ।
जर्मन क्लब बायर लेवरकुसनले स्लाभिया प्राग्वेसँग खेल्दा होफेनहाइमले जेन्टसँग खेल्नेछ ।