एजेन्सी । युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँगको खेल गुमाउने पक्का भएको छ ।
युभेन्ट्सले बार्सिलोनासँगको खेलका लागि घोषणा गरेको २१ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन ।
समूह 'जी' मा रहेको युभेन्ट्सले समूह चरणको दोस्रो खेलमा आज राति बार्सिलोनासँग खेल्दैछ ।
कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा बसेका छन् ।
नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो । त्यसपछि गरिएको परिक्षणमा समेत रोनाल्डोको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
युभेन्ट्सले बार्सिलोनाविरुद्ध दुई फरवार्ड पाउल डिबला र अल्भारो मोराटालाई टिममा राखेको छ ।
रोनाल्डोले च्याम्पियन्स लिगको पहिलो खेल समेत गुमाएका थिए ।