एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका डिफेन्डर लुकास डिग्नेमाथि लागेको तीन खेलको प्रतिबन्ध घटेको छ ।
प्रिमियर लिग अन्तर्गत साउथह्याम्पटनविरुद्धको खेलमा रातो कार्ड पाएपछि लुकासमाथि ३ खेलको प्रतिबन्ध लागेको थियो ।
तर, लुकासमाथिको प्रतिबन्ध घटेर १ खेलमा झरेको छ ।
लुकासको अपीलपछि उनको दुई प्रतिबन्ध घटेको हो ।
साउथह्याम्पटनका केली वाल्कर पिटर्सलाई खराब ट्याकल गरेपछि लुकासले रातो कार्ड पाएका थिए ।
आइतबार भएको उक्त खेलमा एभर्टन २-० ले पराजित भएको थियो ।
साउथह्याम्पटनसँगको हारसँगै एभर्टनको अपराजित यात्रामा समेत पूर्णविराम लागेको थियो ।