एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (सोमबार) लिग लिडर एसी मिलान र रोमाबीच प्रतिस्पर्धा हुनेछ ।
मिलानले घरेलु मैदानमा रोमासँग खेल्नेछ । दुई टिमबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा मिलान सहज जितको खोजीमा हुनेछ । यस्तै मिलान जितसहित शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
मिलान ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मिलान अपराजित रहेको छ ।
तर, बलियो टिम रोमाविरुद्ध मिलानलाई जित निकाल्न कठिन हुनेछ ।
रोमा मिलानको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा हुनेछ ।
यस्तै रोमा लिगमा तेस्रो जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
रोमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
मिलानलाई पराजित गर्न सके रोमा शीर्ष पाँच भित्र उक्लने छ ।