एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) टोटेनहमले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
टोटेनहमले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । टोटेनहम र बर्नलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
बर्नलीविरुद्ध मैदान उत्रदा टोटेनहम सहज जितको खोजीमा हुनेछ । यस्तै टोटेनहम जितसहित अंक तालिका समेत सुधार गर्न चाहन्छ ।
जोसे मोरिन्होको नेतृत्वमा रहेको टोटेनहम ५ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
बर्नलीलाई पराजित गर्न सके टोटेनहम तालिकाको शीर्ष पाँचमा उक्लने छ ।
घरेलु टिम बर्नली भने पहिलो जितको खोजीमा रहेको छ । पुछारबाट तेस्रो स्थानमा रहेको बर्नलीले ४ खेलमा १ अंक जोडेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा ब्राइटनले वेस्ट ब्रुमसँग खेल्नेछ ।
ब्राइटन ४ अंक जोडेर १६ औं स्थानमा रहदा २ अंक जोडेको वेस्ट ब्रुम १७ औं स्थानमा रहेको छ ।