एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा लियोनले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लियोनले मोनाकोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा १२ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा कार्ल टोकोले गोल गर्दै लियोनको अग्रता २-० को बनाए ।
४१ औं मिनेटमा होउसिमले गोल गर्दा लियोनको अग्रता ३-० को बन्यो ।
खेलको ४४ औं मिनेटमा कार्लले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा लियोन ४-० ले अघि रह्यो ।
दोस्रो हाफको ४८ औं मिनेटमा विसम बेन एडरले गोल गरेपनि मोनाको ४-१ ले पराजित भयो ।
यस्तै खेलको ८९ औं मिनेटमा मेल्भिन बार्डले रातो कार्ड पाएपछि लियोन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै लियोनले ८ खेलमा १३ अंक जोडेको छ । लियोन छैटौं स्थानमा रहेको छ ।
मोनाको ११ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।