एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले पिछडिएका युवाहरुलाई सहयोग गर्ने उदेश्यले एक फाउन्डेसन स्थापना गर्ने भएका छन् ।
इंग्ल्यान्डका स्ट्राइकर स्टर्लिङले समाजमा पिछडिएका युवाहरुको लागि फाउन्डेसन स्थापना गर्न लागेको बताएका छन् ।
सन्डे टाइम्ससँगको अन्तर्वार्तामा स्टर्लिङले पिछडिएका युवाहरुको सामाजिक अवस्था सुधार गर्नका लागि फाउन्डेसन स्थापना गर्ने बताएका हुन् ।
२५ वर्षीय फरवार्डले यस अघि पनि विभिन्न संस्थासँग मिलेर सामाजिक कार्य गर्दै आईरहेका छन् ।
जमैकामा जन्मिएका उनी बच्चामै इंग्ल्यान्ड आएका थिए । उनी लामो समयबाट रंगभेदविरुद्धको आन्दोलनमा समेत सक्रिय रहेका छन् ।