एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले आज (आइतबार) हेलास भेरोनासँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा भेरोनाको सामना गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स जित निकाल्दै शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ ।
युभेन्ट्स यस सिजन ४ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
भेरोना पनि युभेन्ट्सलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । भेरोना ४ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
तर, भेरोनाविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल्ने छैनन् । कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा बसेका छन् ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा नापोलीले बेनेभेन्टोसँग खेल्नेछ ।
काग्लियारीले क्रोटोनसँग खेल्दा फियोरेन्टिनाले उडिनेसेसँग खेल्नेछ ।