एजेन्सी । युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेल गुमाउने भएका छन् ।
युभेन्ट्सले सोमबार सार्वजनिक गरेको १९ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन ।
समूह 'जी' मा रहेको युभेन्ट्सले समूह चरणको पहिलो खेलमा डाइनामो किभसँग मंगलबार राति खेल्दैछ ।
कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा बसेका छन् ।
जसको कारण रोनाल्डोले किभविरुद्धको खेल गुमाउने भएका हुन् ।
युभेन्ट्सले किभविरुद्ध दुई फरवार्ड पाउल डिबला र अल्भारो मोराटालाई टिममा राखेको छ ।
नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।
रोनाल्डोले सिरी ए अन्तर्गत क्रोटोनसँगको खेल समेत गुमाएका थिए ।