एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले इन्टर मिलानलाई पराजित गरेको छ ।
शनिबार राति भएको मिलान डर्बीमा एसी मिलान २-१ गोल अन्तरले विजयी भएको हो ।
इन्टरको मैदानमा भएको डर्बीमा ज्लाटन इब्राहिमोविचले दुई गोल गरेपछि मिलानले जित निकालेको हो ।
खेलको १३ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
इब्राहिमोविचले आफैले प्रहार गरेको पेनाल्टी इन्टरका गोलकिपर समीरले रोकेपछि आएको रिबाउन्डमा गोल गरेका हुन् ।
यस्तै खेलको १६ औं मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको २९ औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए पनि मिलान २-१ ले विजयी भयो ।
जितसँगै मिलान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मिलानले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ ।
इन्टर ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा नापोलीले एटलान्टालाई ४-१ ले पराजित गरेको छ ।
त्यस्तै साम्पडोरियाले लाजियोलाई ३-० ले हराएको छ ।