एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे ।
खेलको २३ औं मिनेटमा स्टर्लिङले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो ।
त्यसबाहेक दुबै टोलीले गोलको केहि राम्रो मौका सदुपयोग गर्न सकेनन् ।
सिटी र आर्सनलले एक अर्काको पोस्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो ।
तर, खेलमा स्टर्लिङको गोल नै निर्णायक बन्यो ।
जितसँगै सिटीले लिगमा दोस्रो जित निकालेको छ । र, सिटीले ४ खेलमा ७ अंक जोडेको छ ।
जितसँगै सिटीले लिगमा दोस्रो जित निकालेको छ । र, सिटीले ४ खेलमा ७ अंक जोडेको छ ।
आर्सनलको यो दोस्रो हार हो । आर्सनलले ५ खेलमा ९ अंक जोडेको छ ।
आर्सनल तालिकाको पाँचौं स्थानमा रहेको छ ।