एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई उसैको मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो ।
एट्लेटिकोको जितमा लुइस सुआरेज र यान्निक कारास्कोले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
जितसँगै एट्लेटिको लिगको चौंथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले ४ खेलमा ८ अंक जोडेको छ ।
सेल्टा ६ खेलमा ५अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा ग्रानडाले सेभियालाई १-० ले हराएको छ ।