एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनसँग बराबरी खेल्दै अंक बाडेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेलेको हो ।
चेल्सीका लागि टिमो वेर्नेरले दुई गोल गरे । काइ हाभर्ट्जले एक गोल थपे ।
साउथह्याम्पटनका ड्यानी इन्ग्स, चे एडम्स र जानिक भेस्टरगार्डले एक एक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो ।
खेलको १५ औं मिनेटमा वेर्नेरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । वेर्नेरको यो पहिलो प्रिमियर लिग गोल समेत हो ।
२९ औं मिनेटमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
तर, ४३ औं मिनेटम ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५७ औं मिनेटमा चेले गोल गर्दै साउथह्याम्पटनलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि ५९ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई पुन: ३-२ को अग्रता दिलाए ।
तर, खेलको ९० औं मिनेटमा साउथह्याम्पटनका जानिकले गोल गरेपछि चेल्सी ३-३ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीसँगै चेल्सीले ५ खेलमा ८ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।
दशौँ स्थानको साउथह्याम्पटनले ७ अंक जोडेको छ ।