एजेन्सी । इटालियन क्लब एसी मिलानले नर्वेका विंगर जेन्स पिटर होगलाई अनुबन्धित गरेको छ ।
२० वर्षीय युवा विंगरलाई मिलानले नर्वेजियन क्लब बोडो ग्लिम्टबाट अनुबन्धित गरेको हो ।
मिलानले ५ मिलियन युरोमा जेन्सलाई अनुबन्ध गरेको हो ।
जेन्सले मिलानसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२५ सम्म मिलानमा रहने छन् ।
मिलानले उनलाई १५ नम्बर जर्सी दिएको छ ।
नर्वेजियन क्लबको सिनियर टिममा उनले १६ वर्षकै उमेरमा डेब्यु गरेका थिए ।
२०१६ मा डेब्यु गरेका उनले नर्वेजियन क्लबका लागि १ सय ६ खेलमा २६ गोल गरेका छन् ।