एजेन्सी । प्रिमियर लिग क्लब उल्भरह्याम्पटनका कप्तान कोनर कोडीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका डिफेन्डर कोडीले बिहीबार उल्भ्ससँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै कोडी २०२५ सम्म उल्भ्समा रहने छन् ।
'उल्भ्स मेरो लागि घर हो । प्रत्येक पटक क्लबका लागि खेल्दा सम्मानको महसुस हुन्छ । नयाँ सम्झौता अविश्वसनीय छ,' सम्झौतापछि कोडीले भने ।
कोडी सन् २०१५ मा हडर्सफिल्ड टाउनबाट उल्भ्स आएका थिए ।
उल्भ्सका लागि कोडीले २ सय बढी खेल खेलिसकेका छन् ।
२७ वर्षीय कोडीले नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्धको खेलबाट इंग्ल्यान्डका लागि डेब्यु गरेका थिए ।