एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बिहीबार) बार्सिलोनाले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले सिजनको दोस्रो खेलमा सेल्टासँग खेल्ने लागेको हो । सेल्टाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:१५ बजे सुरु हुनेछ ।
घरेलु टोलिविरुद्ध मैदान उत्रदा बार्सिलोना लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यस अघि सिजनको पहिलो खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४-० ले हराएको थियो ।
सेल्टाविरुद्ध बार्सिलोना उक्त जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । तर, घरेलु टोलीलाई हराउन बार्सिलोनालाई सहज भने हुने छैन ।
सेल्टा पनि घरेलु मैदानमा दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । अघिल्ला ३ खेलमा सेल्टाले १ जित र २ बराबरी खेलेको थियो ।
ला लिगा अन्तर्गत नै सेभियाले लेभान्टेसँग खेल्नेछ । लेभान्टेविरुद्ध सेभिया लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यस्तै अर्को खेलमा एथ्लेटिक बिल्बाओले काडिजसँग खेल्नेछ ।