एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बेनेभेन्टोलाई ५-२ गोल अन्तरले पराजित गर्दै इन्टरले लगातार दोस्रो जित निकालेको हो ।
बेनेभेन्टोको मैदानमा रोमेलु लुकाकुले पहिलो मिनेटमै गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा रोबर्टो गाग्लियारडिनीले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।
२८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा गियानलुका काप्रारीले गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए ।
तर, ४२ औं मिनेटमा आच्रफ हाकिमीले गोल गर्दै पहिलो हाफमा इन्टरलाई ४-१ को अग्रता दिलाए ।
खेलको ७१ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ५-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा बेनेभेन्टोका काप्रारीले व्यक्तिगत दोस्रो गोल गरेपनि इन्टर ५-२ ले विजयी भयो ।
लगातार दोस्रो जित निकालेसँगै इन्टरले २ खेलमा ६ अंक जोडेको छ । इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
बेनेभेन्टोको यो पहिलो हार हो । बेनेभेन्टोले २ खेलमा ३ अंक जोडेको छ ।