एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले विंगर अडेमोला लुकम्यानलाई अनुबन्धित गरेको छ ।
फुलहमले विंगर लुकम्यानलाई जर्मन क्लब आरबी लाइपजिगबाट एक सिजनका लागि लोनमा अनुबन्धन गरेको हो ।
२२ वर्षीय लुकम्यान एक सिजन लाइपजिगमा बिताएर लोनमा इंग्ल्यान्ड फर्किएका हुन् ।
उनी सन् २०१९ मा एभर्टनबाट लाइपजिग आएका थिए । उनले जर्मन क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए ।
त्यसअघि २०१८ को सिजन लुकम्यानले लाइपजिगबाटै लोनमा खेलेका थिए । त्यस सिजन उनले ११ खेलमा ५ गोल गरेका थिए ।
तर, गत सिजन लुकम्यानले ११ बुन्डेसलिगा खेलमा गोल गर्न असफल भएका थिए ।