एजेन्सी । स्पेनिस च्याम्पियन रियल मड्रिडका विंगर इडेन हाजार्डले चोट बोकेका छन् ।
रियलले बुधबार हाजार्डले दाहिने खुट्टाको चोट बोकेको जनाएको छ ।
बेल्जियमका विंगर हाजार्डको खुट्टाको मांसपेशीमा समस्या देखिएको रियलले जनाएको छ ।
चोट बोकेसँगै हाजार्ड ३ देखि ४ हप्ता मैदान बाहिर रहने भएका छन् ।
चेल्सीबाट गत सिजन रियल आएका हाजार्ड पछिल्लो समय चोटबाट गुज्रिरहेका छन् ।
गत सिजन समेत एन्कल चोटको कारण हाजार्डले अधिकांस समय मैदान बाहिर बिताएका थिए ।
रियलले ला लिगाको उपाधि जित्दा हाजार्डले गत सिजन १६ खेलमा १ गोल गरेका थिए ।
रियल आएपछिको १५ महिनाभित्र हाजार्डले ३१ खेल गुमाईसकेका छन् ।