एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले अट्याकिङ मिडफिल्डर रोस बार्क्लीलाई लोनमा अनुबन्धित गरेको छ ।
एस्टनले चेल्सीबाट एक सिजनका लागि लोनमा बार्क्लीलाई अनुबन्धित गरेको हो ।
एस्टनले यस सिजनको विन्डो ट्रान्सफरमा पाँचौं खेलाडीको रुपमा बार्क्लीलाई अनुबन्धित गरेको हो ।
इंग्ल्यान्डका २६ वर्षीय बार्क्ली चेल्सीको प्लेइङ सेटमा नियमित पर्न छाडेपछि एस्टन आएका हुन् ।
चेल्सीको प्लेइङ सेटमा पर्न बार्क्लीले माटियो कोभासिक, मासन माउन्ट र रुब लोफ्ट्ससँग संघर्ष गर्नु परेको थियो ।
यस्तै यस सिजन चेल्सीले अर्का मिडफिल्डर काइ हाभर्ट्ज अनुबन्धन गरेको थियो ।
गत सिजन चेल्सीका लागि बार्क्लीले सबै प्रतियोगितामा ३१ खेल खेलेका थिए ।
बार्क्ली सन् २०१८ मा एभर्टनबाट चेल्सी आएका थिए ।
इंग्ल्यान्डका लागि उनले ३३ खेलमा ६ गोल गरेका छन् ।