एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले आज (बुधबार) बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्दैछ ।
इन्टरले सिजनको दोस्रो खेलमा बेनेभेन्टोसँग खेल्न लागेको हो । बेनेभेन्टोको मैदानमा हुने खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ ।
बेनेभेन्टोविरुद्ध मैदान उत्रदा इन्टर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
सिजनको पहिलो खेलमा इन्टरले फियोरेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । इन्टर घरेलु टिमविरुद्ध उक्त जितको लयलाई कायम राख्ने योजनामा हुनेछ ।
घरेलु टिम बेनेभेन्टो पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा बेनेभेन्टोले साम्पडोरियालाई ३-२ ले हराएको थियो ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा लाजियोले एटलान्टासँग खेल्नेछ । दुबै जित लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् ।
यस्तै उडिनेसले स्पेजियासँग खेल्नेछ ।