एजेन्सी । जर्मन क्लब माइन्जले मुख्य प्रशिक्षक अचिम बायरलोरजरलाई बर्खास्त गरेको छ ।
बुन्डेसलिगाको नयाँ सिजन सुरु भएको १० दिन नबित्दै माइन्जले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।
माइन्जले सिजनको सुरुवाती दुई खेलमा पराजय व्यहोरेपछि अचिमलाई बर्खास्त गरेको हो ।
५२ वर्षीय जर्मन प्रशिक्षक अचिमलाई बर्खास्त गर्दै माइन्जले टिम हेर्ने जिम्मेवारी सहायक प्रशिक्षक जान लिच्टेलाई दिएको छ ।
बुन्डेसलिगामा अमिच यस सिजन बर्खास्त हुने दोस्रो प्रशिक्षक हुन् । आइतबार मात्र साल्केले मुख्य प्रशिक्षक डेभिड वाग्नेरलाई बर्खास्त गरेको थियो ।
पछिल्लो समय माइन्जमा अन्तरिक द्वन्द चर्किएको छ । हालै खेलाडीले प्रशिक्षण समेत बहिष्कार गरेका थिए ।
फरवार्ड एडमलाई निलम्बन गर्दै नयाँ क्लबको खोज्न भनेपछि खेलाडीले बुधबार प्रशिक्षण गर्न अस्विकार गरेका थिए ।
क्लबले हंगेरीका ३२ वर्षीय फरवार्ड एडमले यस सिजन पुरै नखेल्ने बताउदै यू-२३ टिमको प्रशिक्षणमा समेत पठाएको छ ।