एजेन्सी । डच क्लब पिएसभीले मिडफिल्डर इब्राहिम सानगारेलाई अनुबन्धित गरेको छ ।
पिएसभीले इब्राहिमलाई फ्रेन्च क्लब टुलुजबाट अनुबन्धित गरेको हो ।
२२ वर्षीय मिडफिल्डरले पिएसभीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
पिएसभीले करिब ९ मिलियनमा आइभरी कोस्टका मिडफिल्डरलाई अनुबन्ध गरेको हो ।
फ्रेन्च क्लबमा ४ वर्ष बिताएर उनी डच क्लब आएका हुन् । फ्रेन्च क्लबका लागि उनले ७७ खेलमा २ गोल गरेका छन् ।
आइभरी कोस्टका लागि उनले ५ खेलमा १ गोल गरेका छन् ।