एजेन्सी । बार्सिनोलाका युवा स्टार अंशु फातीले लियोनल मेस्सीबाट आफुले सिकिरहेको बताएका छन् ।
आईतबार राति भिल्ला रियललाई ४–० ले पराजित गर्ने क्रममा फातीले बार्सिलोनाका लागि दुई गोल गरे ।
फातीकै सुरुवाती दुई गोलमा बार्सिलोनाले नयाँ सिजन शानदार सुरुवात गर्यो ।
खेलअघि मेस्सीको असन्तुष्टि बाहिर आएको थियो । लुईस सुआरेजलाई क्लब बाहिर पठाउने प्रशिक्षक र बार्सिलोनाको निर्णयमा मेस्सी असन्तुष्ट थिए । बार्सिलोनाले निकाल्ने निर्णय गरेपछि सुआरेजले ला लिगा प्रतिद्धन्दी क्लब एट्लेटिको मड्रिड रोजेका छन् ।
तर बार्सिलोनाको पहिलो खेलमा फाती चम्किए । उनले सुरुवाती २० मिनेटभित्रै बार्सिलोनालाई दुई गोलको सुविधा उपलब्ध गराए ।
फाती १७ बर्षका भए । मेस्सीले बार्सिलोनाबाट २००४ मा डेब्यु गर्दा फाती भन्दा २ बर्ष बढी थिए ।
स्पेनिस युवा स्टार फातीले भने ६ पटकका विश्व बर्ष खेलाडीले आफ्नो स्तर सुधार्न सहयोग गरिरहेको बताए ।
‘मेस्सीसंग खेल्नु सपना हो । बाल्यकालमा देखेको । म त्यही सपनामा बाँचिरहेको छु ।’ फातीले खेलपछि सञ्चारकर्मीसंग भने ।
‘उनले मलाई प्रशस्त सुझावहरु दिएका छन् । उनले मलाई मैदान र अभ्यासमा प्रसस्त सहयोग गरेका छन् । यसले मलाई निकै खुसी दिन्छ ।’ उनले भने ।
फातीले गत बर्षनै बार्सिलोनाको सिनियर टिममा डेब्यु गरे । र बार्सिलोनाबाट ला लिगामा गोल गर्ने सबैभन्दा युवा खेलाडीको कीर्तिमान बनाए । पहिलो सिजनमै राम्रो छाप छाडेका फातीले सुआरेजको बहिर्गमनसंगै बार्सिलोनाको पहिलो रोजाईमा मौका पाएका छन् ।
‘म सधै आफुलाई सुधार गर्न चाहन्छु । म सहकर्मीबाट सिक्न चाहन्छु । किनकी मेरा वरपर विश्वका सर्वोकृष्ट खेलाडी छन् । उनीहरु मलाई सधै सहयोग गर्न कोशिश गरिरहेका छन् ।’ फाती भन्छन् ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्डो कोम्यानले प्रि–सिजनको खेलका लागि फातीलाई सिनियर टिममा बोलाएका थिए । सो खेलमा उनले फातीको आलोचना समेत गरेका थिए । तर उनले भिल्ला रियलबिरुद्ध फातीको प्रर्दशनलाई लिएर प्रशंसा गरे ।
‘मैले प्रि–सिजनको इल्चेबिरुद्धको खेलमा उनको आलोचना गरेको थिए । तर आज उनले निकै राम्रो प्रर्दशन गरे । उनी निकै सिधा छन् । हामीले उनको स्तर बनाएका छौ ।’ कोम्यानले भने ।
‘उनी युवा खेलाडी हुन् । उनलाई लगातार राम्रो प्रर्दशन गर्न आवश्यक छ । उनले आफ्नो शानदार भविष्य देखाएका छन् । उसको खेललाई लिएर म निकै खुसी छु ।’ उनले थपे ।