एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले उल्भ्सलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा १७ औं मिनेटमा जरोड बोविनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा बोविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ६६ औं मिनेटमा उल्भ्सका राउल जेमिनेजले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा सेबास्टियन हलेरले गोल गर्दै वेस्ट ह्यामलाई ४-० को जित दिलाए ।
उल्भ्सलाई हराएसँगै वेस्ट ह्यामले सिजनको पहिलो जित निकालेको छ ।
वेस्ट ह्यामले ३ खेलमा ३ अंक जोडेको छ । वेस्ट ह्याम तालिकाको दशौँ स्थानमा रहेको छ ।
उल्भ्सको यो दोस्रो हार हो । उल्भ्सले ३ खेलमा ३ अंक जोडेको छ ।