एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) साविक विजेता रियल मड्रिडले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले सिजनको दोस्रो खेलमा बेटिससँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
बेटिसको मैदानमा रियल पहिलो जितको खोजीमा हुनेछ । रियलले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो ।
तर, दोस्रो खेलमा भने रियल ३ अंक जोड्न चाहन्छ । तर, घरेलु टोलीलाई हराउन रियललाई कठिन भने हुनेछ ।
बेटिस रियललाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ । अघिल्ला दुई खेलमा जित निकालेको बेटिस ६ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा डिपोर्टिभो अल्भेसलाई हराएको बेटिसले दोस्रो खेलमा रियल भालाडोलिडलाई हराएको थियो ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा डिपोर्टिभो अल्भेसले गेटाफेसँग खेल्नेछ ।
भ्यालेन्सियाले हुएस्काको सामना गर्दा इल्चेले रियल सोसिडाडसँग खेल्नेछ ।