एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले पाँच खेलाडी परिवर्तन (सब्सिच्युड) का लागि अनुमति दिएको छ ।
यूईएफएको कार्यकारी समितिको बैठकले पाँच खेलाडी परिवर्तनका लागि अनुमति दिएको हो ।
यूईएफएको अनुमतिसँगै सन् २०२०/२१ को सिजन च्याम्पियन्स लिग र युरोपा लिगको समूह चरण र वुमन्स च्याम्पियन्स लिगमा पाँच खेलाडी परिवर्तन गर्न पाउने छन् ।
यस्तै नेसन्स लिग, युरोकप छनोटको प्ले अफ र वुमन्स युरो छनोटमा समेत पाँच खेलाडी परिवर्तन गर्न पाईने भएको छ ।
सन् २०१९/२० को सिजन कोरोना भाईरसको महामारीपछि सुरु भएको फुटबलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाईएको थियो ।
यस अघि हरेक टिमले तीन खेलाडी परिवर्तन गर्न पाउने नियम रहेको थियो ।