एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका गोलकिपर एडुवार्ड मेन्डीलाई अनुबन्धित गरेको छ ।
चेल्सीले फ्रेन्च क्लब रेनसबाट गोलकिपर मेन्डीलाई अनुबन्धन गरेको हो ।
२८ वर्षीय मेन्डीले लण्डन क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
क्लबका कीर्तिमानी मूल्यका गोलकिपर किपा एरिजाब्लागाको विकल्पमा चेल्सीले नयाँ गोलकिपर अनुबन्धन गरेको हो ।
पछिल्लो समय किपाले खराब प्रदर्शन गरिरहेका छन्।
फ्रान्समा जन्मिएका मेन्डी एक सिजन रेनसमा बिताएर चेल्सी आएका हुन् । उनी गत वर्ष रिम्सबाट रेनस आएका थिए ।
पहिलो सिजननै रेनसमा मेन्डीले ३३ खेल खेलेका थिए । कोरोनाको कारण सिजन रद्द हुनुअघि उनले १३ क्लिन सिट राखेका थिए ।
रेनस गतस सिजन लिगको तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको थियो ।