एजेन्सी । म्यान्चेष्टर युनाईटेड काराबाओ कपको अघिल्लो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति च्याम्पियनसिप क्लब लुटोन टाउनलाई ३–० ले हराउँदै युनाईटेड अघिल्लो चरणमा प्रवेश गरेको हो ।
४४ औं मिनेटमा माटाको पेनाल्टी गोलमा युनाईटेडमा खेलमा अग्रता बनाएको थियो ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ मार्कस राष्फोर्डले युनाईटेडको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।

युनाईटेडबाट डेब्यु गरेका गोलकिपर डिन हेन्डरसनले शानदार प्रर्दशन गरे । उनले लुटोनका गोलका निश्चित अवसरलाई विफल बनाएका थिए ।
प्रिमियर लिगको पहिलो खेलमा युनाईटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससंग ३–१ ले पराजित बनेको थियो । उसले कारबाओ कपको दोस्रो चरणको 'ड्र'मा १० खेलाडी परिवर्तन गरेका थिए ।
उनले ह्यारी मग्वायरलाई मात्र च्याम्पियनसिप क्लबबिरुद्ध मैदान उतारेका थिए ।
गोलकिपर हेन्डरसनले सेफिल्ड युनाईटेडमा लोनमा दुई सिजन बिताएका थिए । उनी पुन: युनाइटेड फर्किएका हुन् । घरेलु कप प्रतियाेगितामा उनले शानदार प्रर्दशन गरे ।
युनाईटेडले अब प्रिमियर लिग फुटबलमा शनिबार ब्राइटोनसंग प्रतिस्पर्धा गर्नेछ ।