एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको सिजनको पहिलो खेलमा माइन्जलाई ३-१ गोल अन्तरले पराजित गर्दै लाइपजिगले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा इमिल फोर्सबर्गले गोल गर्दै लाइपजिगलाई सुरुवाती अग्रता दिलाएका थिए ।
२१ औं मिनेटमा युसुफ पुल्सेनले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
४८ औं मिनेटमा जिन फिलिपे मटेटाले गोल गर्दै माइन्जलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि ५१ औं मिनेटमा अमाडु हेइडाराले गोल लाइपजिगलाई ३-१ को जित दिलाए ।
जितसँगै लाइपजिगले सिजनको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
माइन्जले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
अर्को खेलमा बायार लेवरकुसन र वोल्फ्सबर्गले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।