काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीसहित २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
लगनखेलस्थित पाटन अस्पतालमा सोमबार परिक्षण गरिएको २५ जनामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले पहिलो दिन सोमबार ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परिक्षण गरेको थियो ।
यस्तै एन्फाले मंगलबार २४ खेलाडीसहित ६ अफिसियलको कोरोना परिक्षण गरेको थियो । मंगलबार गरिएको परिक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । जसको लागि एन्फाले खेलाडीको कोरोना परिक्षण गरेको हो ।
फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । तर, अक्टोबर र नोभेम्बरमा तय भएको उक्त खेल २०२१ सम्मको लागि स्थगित भएको छ।