एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पुरा भएको छ ।
शनिबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
यस सिजन स्पेनिस क्लब बार्सिलोना, एट्लेटिको मड्रिड, जर्मन क्लब बायर्न म्युनिख, आरबी लिपजिग, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), लियोन, इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब एटलान्टा क्वाटरफाइनलमा पुगेका छन् ।
पोर्चुगलको लिस्बनमा हुने क्वाटरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग खेल्नेछ । दुई टोलीबीचको खेल अगस्ट १४ मा हुनेछ ।
यस्तै म्यानचेस्टर सिटीले लियोनसँग अगस्ट १५ मा खेल्नेछ । पीएसजीले एटलान्टासँग अगस्ट १२ मा खेल्दा एट्लेटिकोले लिपजिगसँग अगस्ट १३ मा खेल्नेछ ।
क्वाटरफाइनलबाट सबै खेलहरु सिंगल लेगको हुनेछ । फाइनल खेल अगस्ट २४ मा हुनेछ ।