एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
सिटीले सोमबार २०२०/२१ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
प्रिमियर लिगको उपविजेता सिटीले नयाँ सिजनका लागि होम एण्ड अवे जर्सी सार्वजनिक गरेको हो ।
सिटीको नयाँ पुमा कम्पनीले बनाएको हो । सिटीले यस सिजनको जर्सी निकै आकर्षक डिजाइनमा बनाएको छ ।
सिटीले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।
यस सिजन सिटीले होम जर्सी निलो आकाशे रङ्ग र अवे जर्सी हल्का कालो रङ्गको बनाएको छ ।