एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस राष्फोर्डले मानार्थ डिग्री प्राप्त गरेका छन् ।
म्यानचेस्टर युनिभर्सिटीले फरवार्ड राष्फोर्डलाई मानार्थ डिग्री प्रदान गरेको हो ।
गरिबीको रेखामुनी रहेका बालबालिकाको सहयोगमा उलेख्य योगदान पुर्राएको भन्दै युनिभर्सिटीले राष्फोर्डलाई मानार्थ डिग्रीबाट सम्मान गरेको हो ।
इंग्ल्यान्डका फरवार्ड राष्फोर्डले कोरोना भाईरसको महामारीको समय बालबालिकालाई निशुल्क खान उपलब्ध गराउन फेयरशेयर नामक सँस्थासँगको साझेदारीमा २० मिलियन डलर सहयोग जुटाएका थिए ।
म्यानचेस्टर युनिभर्सिटीबाट मानार्थ डिग्री पाउने उनी सबैभन्दा कान्छो व्यक्ति हुन् ।
'यो म र मेरो परिवारको लागि गर्वको दिन हो,' सम्मानपछि राष्फोर्डले भनेका छन्,' यस देशमा गरिब बालबालिकाविरूद्ध लड्न हामीसँग अझै धेरै लामो यात्रा बाँकी छ । म्यानचेस्टर युनिभर्सिटीलाई धन्यवाद ।'
यस अघि युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन र बोबी चार्ल्टनले यस सम्मान पाएका थिए ।